समता खवर सम्बादाता ।
कुशहा,१५ साउन । सप्तरी, श्रावण १५। देशका विभिन्न क्षेत्रमा हालै विकसित भएका विविध घटनाक्रम र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरुङ्गा नगरपालिकाले सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको छ।
नगरपालिकाले जारी गरेको पत्रमा स्थानीय स्तरमा शान्ति, सुरक्षा, आपसी सद्भाव र विकासको वातावरणलाई कायम राख्ने विषयमा साझा धारणा निर्माण गर्न बैठक आयोजना गरिएको उल्लेख छ।
सम्भावित चुनौतीहरूको पहिचान गर्दै भविष्यका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले सबै सरोकारवालालाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
बैठक श्रावण १५ गते दिउँसो ३ बजे सुरुङ्गा नगरपालिकाको सभाहलमा बस्नेछ। बैठकमा राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवालाबीच समसामयिक अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ।
बैठकले स्थानीय स्तरमा उत्पन्न हुन सक्ने विवाद वा तनावलाई समयमै संवादमार्फत समाधान गर्न सहयोग पुग्ने नगरपालिकाको विश्वास छ।

