समता सम्बादाता
भेडीया, १ – मङ्सिर। सुरुङ्गा डिजिटल, हर्दिया एफ.सी. र शिशुवारी एफ.सी. को संयुक्त आयोजनामा भएको मतदाता परिचयपत्र दर्ता तथा जानकारी अभिमुखीकरण क्याम्प शनिबार सुरुङ्गा नगरपालिका २ न. वडा भेडिया बजारमा सम्पन्न भएको छ।

क्याम्पमा एकै दिन १००० भन्दा बढी सर्वसाधारणको उपस्थिती रहेको आयोजकले जानकारी दिएका छन्। तीमध्ये २०० जनाले तत्कालै फारम भरेर मतदाता नाम दर्ताका लागि आवेदन दिएका छन्।
यो अभियान विशेषगरी जेन–जेड (Gen-Z) पुस्तालाई मतदाता दर्तामा सहभागी गराउन लक्षित गरिएको थियो। सामाजिक सूचनामा सक्रिय युवा पुस्तालाई लोकतान्त्रिक प्रक्रियामा जोड्नुपर्ने आवश्यकता महसुस गर्दै क्याम्प सञ्चालन गरिएको आयोजक समुहले बताएको छ।

कार्यक्रममा स्थानीय युवा, महिला तथा समुदायका सक्रिय सदस्यहरूको उपस्थिति उल्लेख्य थियो। उपस्थितहरुलाई आवश्यक कागजात, दर्ता प्रक्रिया र निर्वाचनमा सहभागिताको महत्वबारे जानकारी प्रदान गरिएको थियो।
अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनु हुने सुरुङ्गा डिजिटल, हर्दिया एफ.सी., शिशुवारी एफ.सी.का सबै सदस्य तथा KV ट्रेडर्सलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।
आयोजक समूहका अनुसार आगामी दिनमा पनि यस्ता जनचेतनामूलक क्याम्पलाई निरन्तरता दिइनेछ।

