कुशहा — नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार आलमको शव अन्त्येष्टिका लागि रौतहटको राजपुरतर्फ लगिएको छ। पछिल्लो केही समयदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। यसअघि गत जेठ महिनामा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक समेत भएको थियो।

