दुर्गा पूजाका लागि मेला समिती गठन

राजेश भाष्कर
कुशहा, १० भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.५ अन्तर्गत कुशहा बजारमा अवस्थित दुर्गा मन्दिरमा हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा हुन लागेको माता दुर्गाको पूजापाठ तथा मेलाको लागि पुजा तथा मेला समिति चयन गरिएको छ ।


श्री माँ दुर्गा भवानी मन्दिर संरक्षण बिकास समितिका अध्यक्ष राम बहादुर चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १३ सदस्य समिति गठन गरिएको छ । यसरी गठन भएका समितिको अध्यक्षमा सत्य नारायण साह, उपाध्यक्ष शम्भु पासमान, कोषाध्यक्ष दिपेश कुमार श्रेष्ठ, सचिब दिपेश कुमार चौधरी चयन भएका छन् ।
त्यस्तै, समितिका सदस्यहरुमा राम प्रसाद चौधरी, श्याम पासमान, राम प्रसाद ठाकुर, राम प्रसाद पासमान, संजिव चौधरी, विजय चौधरी, राम नारायण चौधरी, बिरेन्द्र कुमार भगत र रबिन्द्र भण्डारीलाई चयन गरिएको छ ।
त्यस्त,ै बैठकले यस वडाका वडा अध्यक्ष दिलाराम चौधरी, जागेश्वर चौधरी र बद्रि मण्डललाई भने सल्लाहकार समितिमा चयन गरिएको मन्दिर समितिका उपाध्यक्ष दिबश कुमार चौधरीले जानकारी दिएका छन ।
प्रत्येक वर्ष हुदै आईरहेको दुर्गा पुजा तथा मेला यस वर्ष पनि बिगत वर्षहरु झै धुमधामका साथ आयोजना गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको वडा अध्यक्ष दिलाराम चौधरीले जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीका अनुसार कुसाहा बजारमा लाग्ने मेलामा बर्षेनी हजारौंको संखयामा छिमेकि राष्ट्र भारत तथा छिमेकि पालिकाहरुबाट श्रधालु भक्तजनहरुको घुइचो लाग्ने गरेको जनाउदै उनीहरुले गरेको मनोकामना पुरा भएपछि प्रति वर्षा हजारौंको संखयामा बलि प्रदान हुने गरेको बताएका छन् ।
बिगतका बर्ष झै यसपाली पनि कुसाहा बजारमा दशैँको घटस्थापना दिन देखि दशमी सम्म भब्य रुपमा पुजा पाठ तथा मेला लाग्ने मन्दिर संरक्षण बिकास समितिका अध्यक्ष राम बहादुर चौधरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *