सप्तरीका सरकारी कार्यालय र अदालतमा तोडफोड र आगजनी

राजविराज — काठमाडौंमा प्रदर्शन गरिरहेका युवालाई सरकारले दमन गरेर हत्या गरेको भन्दै मंगलबार बिहानैदेखि सडकमा प्रदर्शन गरिरहेका उनीहरु उग्र बनेका हुन् ।

दिउँसो उनीहरुले राजविराज नगरपालिकासहित माटो तथा मल परिक्षण प्रयोगशाला, सघन सहरी तथा भवन निर्माण आयोजना, पूर्वाधार विकास कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयमा तोडफोड गरेका छन् भने ती कार्यालयहरुमा पार्किङ गरिएका आधा दर्जन गाडी जलाएका हुन् । प्रदर्शनकारीले पूर्वमन्त्री उमेशकुमार यादवको घरमा ढुंगामुढा गरी गाडी तोडफोड गरेका छन् ।

त्यसअघि उनीहरुले नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजावदी पार्टी नेपाल, जनमत पार्टीका कार्यालयमा तोडफोड गरी आगजनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *