समता सम्बादाता
राजविराज, २७ भदौ | सप्तरी जिल्ला प्रशासन कार्यालयले ‘जेन(जी’ आन्दोलनका क्रममा लुटिएको सार्वजनिक सम्पत्ति ७ दिन भित्र फिर्ता गर्न चेतावनी सहितको सूचना जारी गरेको छ। शुक्रवार जिल्ला प्रशासन कार्यालय राजबिराजद्धारा जारी भएको सूचनामा आन्दोलनको नाममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्धारा हस्ताक्षरित सुचना अनुसार २०८२ भदौ २४ गते भएको आन्दोलन तथा प्रदर्शनका क्रममा विभिन्न सरकारी कार्यालय तथा प्रतिष्ठानहरूमा तोडफोड र आगजनीका क्रममा नगद र अन्य सार्वजनिक सम्पत्ति लुटपाट भएको प्रमाण सीसीटीभी फुटेज, टिकटक, फेसबुक तथा अन्य सञ्चार माध्यमबाट देखिएको प्रशासनले जनाएको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै लुटिएका सामानहरु सात दिन भित्र जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। यदि निर्देशन अवज्ञा गरी लुटिएका सम्पत्ति फिर्ता नगरेमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ।

