ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्।

जेन-जीको आन्दोलनमा १९ जनाको मृत्यु भएर आज आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति पौडेल नेपालको संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। ‘राष्ट्रपति ज्यू संविधान अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन परामर्शमा हुनुहुन्छ,’ राष्ट्रपतिका एक सल्लाहकारले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *