सप्तरीमा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध लत्ताकपडा बरामद

राजविराज, ८- बैशाख | सीमावर्ती क्षेत्रमा कडाइ बढेसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको टोलीले एकै रातमा करिब १० लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा नियन्त्रणमा लिएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित सप्तकोसी नदीको बगरबाट बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका कपडा तथा मेसिनरी सामग्री बरामद गरिएको हो। भारततर्फको…

पुरा पढ्नुहोस्

वडाको माथिल्लो तल्ला भवन उद्घाटन: सुरुङ्गा–८ मा सेवाप्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा

समता खवर सम्बादाता। कुसाहा ,७ वैशाख। सुरुङ्गा नगरपालिका वडा नं. ८ मा नव-निर्मित माथिल्लो तल्लाको वडा कार्यालय भवनको शिलालेख वाचनसहित उद्घाटन सम्पन्न भएको छ। नगर प्रमुख गीता चौधरीले भवन उद्घाटन गर्दै स्थानीय तहमा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले हालको स्वास्थ्य चौकी भवन जिर्ण बन्दै गएको उल्लेख गर्दै…

पुरा पढ्नुहोस्

सिकाइ उपलब्धि सुधारमा योगदान दिने व्यक्तित्व सम्मानित

शम्भु पासवान कुशहा, ३० चैत्र । सुरुङ्गा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय मलहनमाले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। विद्यालयले सोमबार आयोजना गरेको सिकाइ आदान–प्रदान कार्यक्रममा स्थानीय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम कुमार महराले विद्यालयको समग्र सिकाइ उपलब्धि सन्तोषजनक…

पुरा पढ्नुहोस्

निर्माणाधीन कुसाहा–बेल्ही सडकमा अवरोधपछि सहमति, यातायात सुचारु

कुशहा (सप्तरी), २७ चैत्र। सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत कुसाहा–बेल्ही निर्माणाधीन सडकखण्डमा शुक्रबार बिहान भएको यातायात अवरोध करिब डेढ घण्टापछि सहमतिपछि खुलेको छ। सडक अवरुद्ध हुँदा सो रुटमा चल्ने सवारी साधन र यात्रुहरू प्रभावित भएका थिए। बिहान ९:३० बजेदेखि सिटी, अटो तथा म्याजिक चालकहरूले सडक अवरुद्ध गरेका थिए। यातायात व्यवसायी अरुण कुमार झाले निर्माणाधीन सडकको दुरावस्थाका…

पुरा पढ्नुहोस्

ढल्केबरमा अनलाइन सञ्चारकर्मीका लागि दुई दिने तालिम सुरु

ढल्केबर (धनुषा),२४ चैत । मधेश प्रदेशमा कार्यरत अनलाइन सञ्चारकर्मीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले समाचार लेखन तथा सम्पादनसम्बन्धी दुई दिने तालिम मंगलबारदेखि धनुषाको ढल्केबरमा सुरु भएको छ। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा सञ्चालन भइरहेको उक्त तालिममा प्रदेशका आठवटै जिल्लाबाट अनलाइन सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। सहभागीहरूले तालिम अवधिभर समाचार लेखनका आधारभूत सिद्धान्त, समाचार संरचना,…

पुरा पढ्नुहोस्

मेयरको अनुभवले प्रेरित स्वास्थ्य शिविर, क्यान्सर जाँचमा विशेष ध्यान

समता खवर सम्बादाता ।कुशहा, १४ चैत्र । सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा मधुपट्टीको आयोजनामा “जनतासँग मेयर निःशुल्क स्वास्थ्य शिविर” कार्यक्रम शनिबार सम्पन्न भएको छ । २०८२ साल चैत १४ गते स्वास्थ्य शाखा तथा स्थानीय स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको उक्त शिविरबाट २९९ जना बिरामी लाभान्वित भएका छन् । शिविरमा नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, उपचारका…

पुरा पढ्नुहोस्

प्रतिनिधि सभामा मधेशी दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

समता खवर सम्बादाता। राजविराज, ११ चैत । प्रतिनिधि सभामा मधेशी दलित समुदायको न्यून उपस्थितिप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत बुझाइएको ज्ञापनपत्रमा संविधानको धारा ४२ अनुसार पछाडि परेका समुदायलाई राज्यका निकायमा समान रूपमा सहभागी हुने अधिकार भएको उल्लेख गरिएको छ । तर हालैको प्रतिनिधि सभा निर्वाचनको अन्तिम सूचीमा मधेशी…

पुरा पढ्नुहोस्

सप्तरीमा १४ वर्षीया बालिका गर्भवती प्रकरण: गोप्य गर्भपतनको आशंका, आरोपित परिवार सम्पर्कविहीन

समता खवर सम्बादाता ।राजबिराज, ७ चैत्र । सुर्खेतकी दलित बालिका अनिशा बिकेमाथि भएको बलात्कारपछि हत्या घटनाको पीडा अझ सेलाउन नपाउँदै सप्तरीमा फेरि एक नाबालिका जोडिएको गम्भीर घटना सार्वजनिक भएको छ । सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरमा १४ वर्षीया एक बालिका गर्भवती बनेको विषय बाहिरिएपछि स्थानीय समुदायमा तरंग फैलिएको छ । पीडित परिवारका अनुसार ती बालिका करिब ८…

पुरा पढ्नुहोस्

कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार ललिता दासलाई

दिपेन्द्र पासवान काठमाडौं,२ चैत्र । मानव अधिकार तथा शान्ति समाज ले यस वर्षको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०८२ ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ। समाजले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक न्यायका लागि योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको उक्त पुरस्कार यस वर्ष मधेशका दलित,…

पुरा पढ्नुहोस्

मालपोत कार्यालयभित्र आनाधिकृत गतिविधि रोक्न प्रशासन सक्रिय

समता खवर सम्बादाता ।राजबिराज, १ चैत्र । भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेश रोक्न कडा निर्देशन जारी गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्रसँग सम्बन्धित व्यक्तिहरूले कार्यालय परिसर भित्र प्रवेश गरी विभिन्न फाँट तथा अभिलेख सम्बन्धी विवरण हेर्ने गरेको पाइएकाले त्यस्ता गतिविधि तुरुन्त रोक्न…

पुरा पढ्नुहोस्