हरवा चरवा कृषक समूहलाई आँप खेती र समूह व्यवस्थापन तालिम

समता खवर संवाददाता
सप्तरी, असोज २९। सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजरास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा समूह व्यवस्थापन तथा व्यावसायिक आँप खेतीसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ।
आरआरएन र डिजीएम नेपालको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा सम्पन्न तालिममा ४० जनाको सहभागिता रहेको थियो।
ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समूहले लक्ष्मी हरवा चरवा कृषक समूहलाई आँप खेती तथा अचार उत्पादनका लागि १० वर्षसम्म सामुदायिक वनको जग्गा उपलब्ध गराएको छ। समूहले तीन बिघा क्षेत्रमा घेराबेरा गरी व्यावसायिक आँप खेती सुरु गरेको छ।
तालिममा आँप खेती, बिरुवा रोपण, मलखाद तथा सिँचाइ व्यवस्थापन, रोगकीरा नियन्त्रण, समूह सञ्चालन, बचत, लेखा प्रणाली र आर्थिक पारदर्शितासम्बन्धी प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
सवडिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सन्तोष कुमार यादवले आँप खेतीसँगै अदुवा, बेसार तथा जडीबुटी खेती गर्न सके आम्दानी बढाउन सकिने सुझाव दिनुभयो।
जन चेतना दलित संगमका कोषाध्यक्ष बेचनी सदा मुसहरनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वनकर्मी, कृषक समूहका प्रतिनिधि तथा आयोजक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। तालिमले कृषक समूहको क्षमता अभिवृद्धि गर्दै आयआर्जन र आर्थिक आत्मनिर्भरतामा सहयोग पुग्ने अपेक्षा गरिएको जनचेतना दलित संगमका कार्यकारी निर्देशक ईन्द्र रामले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *