राजेश भास्कर
लहान १७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि व्यवसायी खुमप्रसाद अर्यालले रु. १ करोड ५१ लाख सहयोग गरेका छन्।
शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी नेपाल ग्रुप अफ कम्पनीका सञ्चालक अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५१ लाख सहयोग रकम हस्तान्तरण गरेका हुन्।
बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ। प्राकृतिक विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।
उक्त सहयोगले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त हुने आर्थिक तथा मानवीय सहयोगले राज्यको राहत प्रयासलाई समेत थप बल पुग्ने देखिन्छ।
शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी नेपाल ग्रुप अफ कम्पनीसँग आबद्ध अर्यालले विपद्का बेला प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाढीपीडितको राहतका लागि व्यवसायी खुमप्रसाद अर्यालद्वारा रु. १ करोड ५१ लाख सहयोग

