अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष चौधरीले राजिनामा दिए

कुशहा, कार्तिक १८ —अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफ्नो पदबाट राजिनामा दिएका छन्। उनले विभिन्न कारणवश गाउँपालिकाको अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ भएको भन्दै असोज ५ गते राजिनामा पत्र बुझाएका थिए।

राजिनामा पत्रमा उनले लेखेका छन्, “म आफ्नो पदमा आवश्यक दक्षता, समय र उर्जा दिन नसकेको महसुस गरेकोले, स्वेच्छाले आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी गराउँछु।”

गाउँपालिकाको अध्यक्षको हैसियतमा पाएको अनुभवलाई उनले जीवनको महत्वपूर्ण उपलब्धि ठानेका छन्। साथै, भविष्यमा पनि समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यपालिकाको निर्णय अनुसार अध्यक्ष चौधरीको राजिनामा स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *