समता खबर सम्बादाता ।
कपिलवस्तु कृष्णनगर, १० भदौ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगरबाट लागऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश अन्तर्गत गोण्डा काशिरामका २० बर्षिय मो.कैफ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका कैफ हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्दै आएका थिए ।
गत साउन ७ गते शनिवार बिहान करिब ११ बजेको समयमा लागुऔषध कारोबार गरी रहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपनदेही प्रबक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले जनाएको छ ।
प्रबक्ता सिंहकाले कैफलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित उनलाई पक्राउ गरिएको जनाएका छन् ।
उनलाई थप अनुसन्धानको लागि कपिलवस्तु जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरि थप अनुसंधानका लागि ईलाका प्रहरी कार्यालय कष्णनगरमा राखिएको प्रवक्ता डिएसपी सिंहले जानकारी दिएका छन्
इ प्र का कृष्णनगर द्वारा ५० ग्राम लागु औषध सहित भारतीय नागरिक पक्राउ

