सुरुङ्गामा सुशासन अभियान तीव्र, वडा–११ मा युवा समिति गठन

समता खवर सम्बादाता ।

सुरुङ्गा, ६ मंसिर । स्थानीय तहमा देखिँदै आएका अनियमितता र बेतिथीविरुद्ध युवाहरूले लामो समयदेखि आवाज उठाउँदै आएको सुरुङ्गामा अब अभियान संरचनागत रूपमा अघि बढ्न थालेको छ । सोही अनुसार शनिबार सुरुङ्गा–११ मा ‘सुरुङ्गा युथ तथा जेन्जी’ वडास्तरीय समिति घोषणा गरिएको छ ।

बैठकले मिथुन चौधरीलाई वडा समितिको संयोजक चयन गरेको छ । समितिमा दिपसन चौधरी, बिपी चौधरी, ओमप्रकाश चौधरी, नुनु चौधरी, रुनदेब चौधरी, शिबम चौधरी, रोशन चौधरी, ओमप्रकाश पासवान, ओमकार चौधरी, रोशन चौधरी, सन्तोष चौधरी तथा शिब मंगल चौधरी (मुनमुन) सदस्य रहेका छन्।

संयोजक मिथुन चौधरीले बैठकमा भने,“पालिका भित्रका अनियमितता अब लुकाउने ठाउँ छैन। युवाहरूले तथ्य, प्रमाण र कानूनी मार्गबाटै सुशासन अभियानलाई अगाडि बढाउँछन्।”
बैठकमा सुरुङ्गा युथका नगर संयोजक राम भरोस चौधरी र नगर सदस्य शिबशंकर चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

नवगठित समितिलाई शुभकामना दिँदै नगर संयोजक चौधरीले भने,
“भ्रष्टाचारविरुद्धको यो अभियान अहिले वडामा मात्रै होइन, छिट्टै पालिकाभरि फैलिँदै जानेछ।”

उनका अनुसार नगरका अधिकांश वडामा क्रमशः समिति गठन हुँदैछ र यसले अभियानलाई थप प्रभावकारी, संगठित र निरन्तर बनाउनेछ ।

स्थानीय युवाहरूको भनाइमा अभियानले “सुरुङ्गालाई सफा, पारदर्शी र जवाफदेही नगर बनाउने लामो यात्राको सुरुवात” गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *