शम्भु पासवान
सप्तरी, ११ कार्तिक । खडक नगरपालिका अन्तर्गत खर्चुहियामा मंगलबार समग्र सेवा केन्द्रको प्रथम जिल्ला अधिवेशन तथा घोषणा समारोह सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका जिल्ला अध्यक्ष सियाराम पासवानले गरेका थिए भने प्रमुख अतिथिको रूपमा समग्र सेवा केन्द्रका केन्द्रीय अध्यक्ष मोहन पासवान उपस्थित थिए।
विशिष्ट अतिथिमा केन्द्रकी महासचिव लक्ष्मी के.सी., केन्द्रीय उपाध्यक्ष संजय यादव, आजीवन सदस्य हरेराम मण्डल र मो. ईझारुल मियाँलगायत सहभागी भएका थिए।
त्यस्तै, केन्द्रीय सदस्यहरू रिंकु दास, सबुरलाल मण्डल, राजेश श्रेष्ठ, मो. नसिम रायन, मो. कलामुदिन, अकबर अलि, सुरुङ्गा नगरपालिकाकी सदस्य सानी मण्डल र मनिषा कुमारी मण्डललगायतका अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमले एघार सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ। समितिको अध्यक्षमा सियाराम पासवान, उपाध्यक्षमा मो. अलाउदिन राईन, कोषाध्यक्षमा मनिषा कुमारी मण्डल, सचिवमा मो. बाँबर अलि र सह–सचिवमा सिंहेश्वर मण्डल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा जमिला खातुन, भिखन पासवान, पुष्पा देवी सदाय , गनेनालाल मण्डल, बिरेन्द्र पासवान र नबिन पासवान रहेका छन्।

कार्यक्रममा केन्द्रीय अध्यक्ष मोहन पासवान, महासचिव लक्ष्मी के.सी., आजीवन सदस्य हरेराम मण्डललगायत वक्ताहरूले समग्र सेवा केन्द्रले देशभरका समुदायबीच एकता र सामाजिक रुपान्तरणका अभियानलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य रिंकु दासले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष अलाउदिन राईनले दिएका थिए।

