धरान,२९ पुस । ‘रक्तदान नै जीवन दान हो’ भन्ने नाराका साथ नेपाल नाई संघ नगर समिति धरानको आयोजनामा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन्।

कार्यक्रमलाई ब्लड फर निड सुनसरीले प्राविधिक सहयोग गरेको थियो। धरान उपमहानगरपालिकाका उप-प्रमुखआईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष राम सिंह ठाकुरले गर्नुभएको थियो।

कार्यक्रमका बारेमा बोल्दै नेपाल नाई संघ नगर समिति धरानका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र ठाकुरले सामाजिक सेवाको भावनाले यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। यस्तै, संघका कोषाध्यक्ष मनोज ठाकुरले नेपाल नाई संघ नगर समिति धरानले विगत २ वर्षदेखि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।

रगतको अभावलाई कम गर्न र मानवीय सेवामा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

