बिष्णुपुर गाउँपालिका–३ मा करेन्ट लागेर एक शिक्षकको मृत्यु।

समता खवर सम्बादाता

सप्तरी, १ असोज — सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–३, मुसहर्नियामा करेन्ट लागेर एक जना शिक्षकको दुखद निधन भएको छ। समाजसेवी तथा जनसहयोगी हरि मण्डलका छोरा ३५ वर्षीय दिलीप मण्डलको शनिबार राती करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय स्रोतका अनुसार, दिलीप मण्डलले घोरदहन नदीबाट आफ्नो खेतमा पानी हाल्न मोटर जडान गरी सिंचाइ गर्ने क्रममा करेन्ट लागेको थियो। खेतमा पानी हाल्ने क्रममा मोटरको विद्युत् प्रवाह भएको तार समात्दा उसलाई एक्कासि करेन्ट लागी घटनास्थलमै निधन भएका मण्डललाई एका बिहानै स्थानीयहरुले देखे पछि मण्डल परिवारलाई जानकारी गराएका थिए।
मृतक मण्डल स्थानीय विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए र समाजमा पनि सक्रिय व्यक्तित्वको रूपमा चिनिन्थे। उनका पितासमेत बिष्णुपुर क्षेत्रका प्रतिष्ठित समाजसेवीका रूपमा परिचित छन्। दिलीप मण्डलको निधनले स्थानीय समुदायमा शोकको छायाँ छाएको छ।

शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ र यो विद्युत सुरक्षासँग सम्बन्धित विषय भएकाले थप सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।

स्थानीय समाजसेवी, शिक्षक संघका प्रतिनिधि र वडा कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *