समता खबर सम्बादाता
काठमाडौं, साउन २४ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ८ः३० बजेदेखि काठमाडौं महानगरपालिका भित्रका केही क्षेत्रलाई कफ्र्यू आदेशमार्फत निषेधित क्षेत्र घोषणा गरेको छ ।
आफ्नो सुरक्षासम्बन्धी जिम्मेवारी अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले एक आदेश जारी गरी तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति वा समूहले हिँडडुल गर्न, सभा–जुलुस, प्रदर्शन, बैठक वा घर बाहिर ननिस्कन आदेश दिएका छन् । काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले हस्ताक्षरित सो कफ्र्यू आदेश सुचनामा अर्को आदेश नभएसम्म कफ्र्यू यथावत रहने समेत जनाएको छ ।
प्रशासनले काठमाडौं महानगरपालिका त्रिपुरेश्वर पुलचोकबाट सुरु हुने क्षेत्रलाई घेरेर कफ्र्यू लगाएको हो । जसमा कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोश्वारा, बलाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदीको पुस्तकालय भवन चोक सहित चत्रपथ भित्र पर्नै सम्पुर्ण भु भागहरुलाई तोकेर कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डांैले जनाएको छ ।
अत्यावश्यक सवारीलाई छुट
यद्यपि, कफ्र्यू आदेशले सबै गतिविधि रोक लगाए पनि केही सवारी साधन भने छुट दिइएका जनाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी बोकेका सवारी, सुरक्षाकर्मीका गाडी, पत्रकार, पर्यटक, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने कफ्र्यू आदेशले असर नगर्ने समेत बिज्ञप्ती मार्फत जानकारी गराएका का छन् । यस्तै, हवाइ टिकट देखाएर विमानस्थल आवतजावत गर्ने यात्रुलाई पनि सहज आवागमनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
‘पालना नगरे कारबाही हुन्छ’
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेर जारी गरिएको आदेशमा तोकिएको क्षेत्रभित्र कफ्र्यू आदेशको उल्लंघन गरे कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । उनले भने, “सुरक्षा स्थिति संवेदनशील भएकाले तत्कालका लागि यस्तो निर्णय गर्नुपरेको हो । तोकिएको आदेश सबैले पालना नगरे कानुनी कारबाही हुन्छ।”

