घुस काण्डको भिडियो खिच्ने पत्रकार सप्तरीमा पक्राउ

कुशहा,१८ माघ । सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिक आज दिउँसो घुस लिँदै गरेको दृश्य खिचिरहेका एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको घटना बाहिर आएको छ।

नयाँ पत्रिकाका संवाददाता सौरभ यादव भारतीय बजार कुनौली नाकाबाट भित्र्याइएका सामानसँग सम्बन्धित घुस लेनदेनको भिडियो खिचिरहेका बेला भन्सारमा खटिएका सहायक हवलदार देवेन्द्र यादवले उनको हात समातेर करिब २०० मिटर टाढा प्रहरी नायब निरीक्षक प्रवेशसिंह राजपुत भएको ठाउँसम्म लगेका थिए।

Oplus_16908288

घटनामा करिब १५० रुपैयाँ घुस लिइरहेको बताइएको छ।

पछि पत्रकार भएको थाहा पाएपछि भुल भएको भन्दै करिब १५ मिनेटपछि उनलाई रिहा गरिएको थियो।

सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटना सत्य भए छानबिन गरी दोषीमाथि कारबाही गरिने बताएका छन्।

पत्रकार यादवले समाचार संकलनका क्रममा भएको यस्तो व्यवहार प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *